दार्चुलामा हिमपहिरो, यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको आशंका

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

दार्चुलाको व्याँस गाउँपालिका- १ बोलिनमा हिमपहिरो गएको छ। मंगलबार अपराह्न गएको हिमपहिरोमा स्थानीयहरू पुरिएको आशंकामा उद्धारका लागि प्रहरी टोली खटिएको छ। 

यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको सूचनाका आधारमा छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट ३० जना उद्धारका लागि खटिएका हुन्। यार्सागुम्बा टिप्न गएकाहरू बसेको त्रिपाल बगाएको र त्यसमा कतिजना थिए भन्ने खुल्न सकेको छैन।

सुझावित समाचार