एसिसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले कुवेतलाई दुई सय ८२ रनको लक्ष्य दिएको छ। वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दुई सय ८१ रन बनाएको हो।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि रोहित पौडेल एक्लैले ९४ रनको योगदान गरे। ९५ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे।
यसैगरी, कुशल मल्ल ५७, कुशल भुर्तेल ४३, आसिफ सेख ३१ र आरिफ सेखले १९ रनको योगदान गर्दा सोमपाल कामी १३ रन जोडेर नटआउट रहे।
कुवेतका मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिँदा यासिन पटेल र सायिद मोनिबले एक–एक विकेट लिए।