ओडिआई बलिङ वरीयतामा सन्दीपको सात स्थान सुधार, दीपेन्द्र र करण खस्किए

बुधबार, ९ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ पुरुष वान डे इन्टरनेसनल (ओडिआई) वरीयतामा नेपालका कप्तान सन्दीप लामिछानेले सात स्थान सुधार गरेका छन्।

आइसिसीले मंगलबार अद्यावधिक गरेको सूचीअनुसार लामिछाने सात स्थान सुधार गर्दै ३४औँ स्थानमा उक्लिएका हुन्।

टी २० बलिङको वरीयतामा पनि उनले एक स्थान सुधार गर्दै ४४औँ स्थानमा छन्।

ओडिआई वरीयतामा ललित राजवंशी ४६औँ स्थानमा यथावत रहँदा दीपेन्द्रसिंह ऐरी एक स्थान तल भरेर ८२औँ तथा करण केसी दुई स्थान तल झरेर ९३औँ स्थानमा छन्।

सूचीको शीर्ष ६ मा कुनै परिवर्तन भएको छैन। अफगानिस्तानका रासिद खान पहिलो, दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो तथा पाकिस्तानका अब्रार अहमद तेस्रो, साहिन अफ्रिदी चौथो र न्युजिल्यान्डका मिचेल स्यान्टनर पाँचौँ स्थानमा छन्।
 

सुझावित समाचार