‘सिकलसेल एनिमियाका बारेमा राष्ट्र संघले सोच्नुपर्छ’

शनिबार, १६ बैशाख, २०८०
डिजिटल संस्करण

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले नेपालका आदिवासी थारू समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्र संघको ध्यान जानुपर्ने बताएका छन्।

संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारू समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्र संघको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन्। 

अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राखेका थिए। आदिवासीको ज्ञान प्रणाली दिगो विकास एकअर्कामा जोडिएको भन्दै उनले आदिवासी ज्ञान र सीपको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

नेपाल अन्तर्राष्ट्रिय श्रम संगठनको पक्ष राष्ट्र रहेको भन्दै महासन्धि नम्बर एक सय ६९ अनुरूप संयुक्त राष्ट्र संघद्वारा घोषित आदिवासीको अधिकारको प्रवर्द्धन र रक्षा गर्न प्रतिबद्ध रहेको बताए।

See More On

सुझावित समाचार