अयोग्य लडाकुलाई पैसा दिने निर्णयको यथार्थ जानकारी सदनलाई गराइयोस् : सांसद पौडेल

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण

सत्तारूढ प्रमुख घटक कांग्रेसका सांसद प्रदीप पौडेलले माओवादी अयोग्य लडाकुलाई दुई–दुई लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकटका वेला सरकारले संसद् छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्। 

सांसद पौडेलले यसबारे संसद्लाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे। उनले भने, ‘अयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आइरहेको छ । यस्तो आर्थिक संकटको वेलामा यो निर्णय अपारदर्शी ढंगले संसद्लाई छलेर गर्नु स्वाभाविक होइन। त्यसकारण म सर्वप्रथम सभामुखमार्फत सरकारलाई माग गर्न चाहन्छु– यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराइयोस्।’

सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताए। 

सुझावित समाचार