आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभाग केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ ।

शनिबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.० डिग्री र अधिकमत तापक्रम २७.३ डिग्री सेल्सियस रहेको छ ।

See More On

सुझावित समाचार