गर्मी मौसम सुरु भइसकेको छ । पराबैजनी किरणसँगको बढ्दो सम्पर्कका कारण हाम्रा आँखाले विभिन्न खालका समस्या झेल्नुपर्ने हुन्छ । त्यसैले धुलो, धुवाँ, प्रदूषण र सूर्यको सीधा किरण आँखामा पर्नबाट बच्नका लागि बाहिर निस्कँदा सनग्लास लगाउन आवश्यक छ ।
- सनग्लासमा पराबैजनी किरणलाई सोस्न सक्ने क्षमता हुन्छ । जसले मोतिबिन्दुको समस्या हुनबाट जोगाउँछ ।
- सनग्लास लगाएमा घामको किरणले रेटिनामा हुने क्षतिबाट बच्न सकिन्छ ।
- बाहिर हिँड्दा हुने धुवाँ, धुलो र प्रदूषणले आँखामा विभिन्न इन्फेक्सन हुने खतरा हुन्छ । सनग्लास लगाउँदा यस्ता समस्याबाट बच्न सकिन्छ ।
- सनग्लास लगाएर आँखाको कन्जुनक्टिभालाई सुरक्षित राख्न सकिन्छ । यो आँखाको संवेदनशील भाग हो ।