जिएसपीको पूर्ण रूप हो, जेनेरलाइज्ड सिस्टम या प्रिफेरेन्स हो । नेपालीमा यसलाई सामान्य ग्राह्यता प्रणाली भनिन्छ । विकसित मुलुकहरूले विकासोन्मुख मुलुकको मालवस्तुलाई आफ्नो मुलुकमा प्रवेशका लागि लाग्ने महसुल करमा पूर्ण वा आंशिक छुट दिने प्रणाली वा व्यवस्था हो ।
अल्पविकसित तथा विकासोन्मुख देशहरूको निर्यातमा वृद्धि गरी तिनीहरूको आर्थिक तथा औद्योगिक विकासमा सहयोग पुर्याउनु हो । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनको पहलमा यस प्रकारको व्यवस्था सन् १९७१ देखि सुरु भएको हो ।जिएसपी एउटा निश्चित ढाँचाको फाराम हो ।
फाराममा उल्लेख भएका सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ । नेपालमा यस्तो फाराम व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उपलब्ध गराउँछ र जिएसपीमा भन्सार अधिकृतले मालवस्तु निकासी हुँदा प्रमाणित गरी पठाउनुपर्छ ।