तनहुँमा स्वर्णिमलाई साढे सात हजार मतको अग्रता

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

तनहुँ १ मा अहिलेसम्म ३५ हजार ३६ मतगणना भएको छ। २४ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।

उनले १७ हजार ९०२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २२८ मत ल्याएका छन्। वाग्ले र भट्टराईबीच सात हजार ६७४ मतको अन्तर रहेको छ।

यस्तै, एमालेका सर्वेन्द्र खनाल ५ हजार ८६७ मतसहित तेस्रो स्थानमा छन्।

सुझावित समाचार