- फिलोडेन्ड्रोनलाई हेरचाह गर्न सजिलो छ । यसले कोठाको तापक्रमअनुसार आफूलाई ‘एडजस्ट’ गर्न सक्छ । यो प्लान्ट सधैँ सफा देखिन्छ । फिलोडेन्ड्रोन धेरै किसिमका पाइन्छन् । झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । पानीको लेभल कम हुन नदिन वेलावेलामा हेर्नुपर्छ र पानी थपिदिनुपर्छ ।
- स्नेक प्लान्ट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । स्नेक प्लान्टले रातमा अक्सिजन फाल्ने भएकाले सुत्ने कोठामा राख्दा राम्रो मानिन्छ । यो प्लान्टले वातावरणको हावा शुद्ध गर्छ भन्ने वैज्ञानिक मान्यता पनि छ । यसले तनावरहित र ऊर्जावान् बनाउन सहयोग गर्छ । यसलाई पहिले पानीमा बिरुवा उमारेपछि मात्र माटोमा सार्नुपर्छ । स्नेक प्लान्टलाई हेरचाह गर्न गाह्रो छैन । यसलाई हल्का घामको आवश्यकता पर्छ । समय–समयमा यसका पात काटिरहनुपर्छ । यो बिरुवालाई एकदमै सुक्खा हुन दिनुपर्छ । यसलाई महिनाको दुईपटक पानी हाल्दा पुग्छ ।
- पिस लिलीले शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ । आकर्षक देखिने भएकाले यो प्लान्टलाई घरभित्रै सजाउन सकिन्छ । हरियो पात भएको यो बिरुवा सेतो रङको फुल्छ । फूल फुल्दा यसको सुन्दरता अझ बढी खुलेको देखिन्छ । यसलाई गमलामै रोपिन्छ । विशेष गरी घरको बैठक कोठामा राख्दा अझ राम्रो देखिन्छ ।
- पोथोसलाई विशेष गरी झ्याल, सिँढी वा टेबल, ¥याकमाथि राख्न सकिन्छ । यो लहरिएर जान्छ र फैलिन्छ । त्यसकारण पनि डोरीको सहायतामा फैलाउन पनि सकिन्छ । यसले पूरै कोठालाई ताजगी प्रदान गरेको अनुभव गराउँछ । यो प्लान्ट राखेको क्षेत्र उज्यालो हुन्छ । यसलाई बैठक कोठा वा सुत्ने कोठामा सजाउँदा हुन्छ । यसलाई हेरचाह गर्न सजिलो छ । वर्षमा एकपटक कम्पोस्ट मल हाले पुग्छ ।
- चामाडोरा पाम, सिफोडिया पाम, फिलडल लिफ, रबर प्लान्ट, मोनेस्टेरा, फिलोडेन्ड्रनलगायत विभिन्न थरीका इन्डोर प्लान्टहरू प्रचलित छन् । सानो कदका इन्डोर प्लान्ट पिस लिली, एन्थोरियम, स्पाइकर प्लान्ट, डाइफेनवेसिया, मनी ट्री, जेडजेड प्लान्ट, लक्की बेम्बो, बोन्साइ प्लान्ट, एग्लोनिया, पेडिलेन्यस, जेड प्लान्ट सालोम आदि विभिन्न थरीका बिरुवा पनि रोप्न सकिन्छ ।
कम हेरचाहमा सुन्दर सजावट
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
२ हप्ता अघि
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
३ हप्ता अघि
बढे रुघाखोकी र ज्वरोका बिरामी
२ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …