बारामा दुईवटा मत खसाल्ने मतदाता पक्राउ

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण
बारामा दुईवटा मत खसाल्ने मतदाता पक्राउ

फाइल तस्बिर

बारामा एकजना मतदाता पक्राउ परेका छन्। बारा २ को देवताल गाउँपालिका– ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट रामसागर यादव पक्राउ परेका हुन्।  

प्रहरी नायव निरीक्षक जयगोविन्द राउतका अनुसार एउटा आफ्नो मत र अर्को नक्कली मत खसाउने क्रममा यादवलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका यादव जसपा कार्यकर्ता हुन्।

देवताल गाउँपालिका– ७ वडा कार्यालय मतदान केन्द्र (ख)का मतदान अधिकृत वरुणकुमार चौधरीका अनुसार नामावली रुजु गरेर मतपत्र लिएका यादवले आफ्नो खल्तीबाट पनि नक्कली मतपत्र झिकेर मतदान गर्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

यादवले आफ्नो नामको मत खसाले पनि नक्कली मत भने खसाल्न नपाएको चौधरीले बताए।

सुझावित समाचार