तनहुँमा शान्तिपूर्ण रूपमा मतदान

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण
तनहुँमा शान्तिपूर्ण रूपमा मतदान

९१ वर्षीया जेष्ठ नागरिक सावित्री देवी वाग्ले मतदान गरेर घरतर्फ फर्कदै । तस्बिर : नयाँ पत्रिका

तनहुँमा शान्तिपूर्ण रूपबाट मतदान प्रक्रिया जारी छ । बिहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदाताहरू लाइनमा बसेर भोट खसालिरहेका छन् । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तनहुँ १ मा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न जनपद प्रहरी २५ सयभन्दा बढी परिचालन गरिएको छ । यसैगरी चार सयभन्दा बढी सशस्त्र प्रहरी पनि खटाइएको छ । नेपाली सेनाले बाहिरी घेराबाट सुरक्षा दिएको छ । 

यस क्षेत्रमा १५२ मतदान केन्द्र  तोकिएको छ भने ६९ वटा मतदानस्थल रहेका छन् । तीनवटा मतदान केन्द्र अति संवेदनशील र २४ वटा केन्द्र संवेदनशील रहेका छन् । यस निर्वाचन क्षेत्रमा ९ दलले प्रतिस्पर्धा गरेका छन् । यहाँ एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेका छन् ।

सुझावित समाचार