स्रोत सुनिश्चितता नभएका आयोजना आगामी बजेटमा समेटिँदैन : अर्थमन्त्री

शनिबार, ९ बैशाख, २०८०
डिजिटल संस्करण
स्रोत सुनिश्चितता नभएका आयोजना आगामी बजेटमा समेटिँदैन : अर्थमन्त्री

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताएका छन्। 

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। 

उनले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको बतउँदै उनले यसका लागि सबैको सहयोग आवश्यक रहेको स्पष्ट पारे। 

पछिल्लो समय सरकारले ५० करोड आवश्यक पर्ने आयोजनामा ५ लाख रुपैयाँ राखेर स्रोतको सुनिश्चितता भयो भनरे ठेक्का लगाएको आवस्था रहेको भन्दै अब सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने बताए। 

अर्थमन्त्री महतले करिब ४ खर्ब रुपैयाँबराबरका स्रोत सुनिश्चितता नभएका आयोजनाहरू ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको बताए।

साना आयोजनामा समेत केन्द्र सरकारले हात हालेको भन्दै अब साना आयोजनाको काम स्थानीय सरकारलाई दिइने बताए। 

सुझावित समाचार