दार्चुलामा फेरि तुइनबाट खसेर एकको मृत्यु

शनिबार, ९ बैशाख, २०८०
डिजिटल संस्करण

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु भएको छ। व्यास गाउँपालिका २ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो।

घरबाट पारि धारचुला समान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा खसेर उनको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।

नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा उनी मृत भेटिएका हुन्। 

सुझावित समाचार