गर्मीमा शरीरलाई थप तरल पदार्थ र शीतलता आवश्यक पर्छ । त्यसैले गर्मीमा लस्सीको धेरै माग हुन्छ । लस्सी भन्नेबित्तिकै दहीमा चिनी या सख्खर हालेर तयार गरिएको पिउरी पेय पदार्थ बुझिन्छ । तर, लस्सी धेरै थरीको हुन्छ । स्विट कर्डमा जुनसुकै फ्लेबर फ्रुट वा ड्राइफ्रुट हालेर लस्सी बनाउन सकिन्छ ।
स्ट्रबेरी लस्सी
यो लस्सी बनाउन राम्ररी पाकेको ७ देखि १० दाना स्ट्रबेरी लिएर सफा गर्ने र आधा कप दही, एक कप दूध, स्ट्रबेरी सिरप दुई चम्चा, एक स्कुप स्ट्रबेरी आइसक्रिम हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।