मंगलबारदेखि सुरु हुने एसिसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा आइतबार १४ सदस्यीय टोली घोषणा भएको हो।
प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्नेछ । खेल कीर्तिपुरमा हुनेछ । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कप खेल्ने अवसर पाउनेछ, जहाँ भारत र पाकिस्तानसँग प्रतिस्पर्धा हुनेछ ।
