कुमारी सुनौलो लगानी योजनाको एकाइ बाँडफाँट

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

 कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको एकाइ बाँडफाँट भएको छ । कम्पनीले रीतपूर्वक आवेदन दिने सबैलाई मागअनुसारको एकाइ बाँडफाँट गरेको हो । 

प्रतिएकाइ १० रुपैयाँदरको १० करोड इकाइमध्ये १५ प्रतिशत, अर्थात् एक करोड ५० लाख एकाइ कोष प्रवद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राखी प्रथमपटक सार्वजनिक निष्कासनमार्फत ३५ करोड रकमबराबरको तीन करोड पचास लाख एकाइ निष्कासन तथा बिक्री खुला गरिएको क्यापिटलले जनाएको छ ।

जसमा १५ प्रतिशत बिजपुँजीबापतको एक करोड ५० लाख एकाइ कोष प्रवद्र्धक कम्पनी कुमारी बैंकलाई र बाँकी सर्वसाधारण तथा संघ–संस्थाबाट प्राप्त आवेदकहरूलाई बाँडफाँट गरिएको उल्लेख छ । जसमध्ये रीतपूर्वक आवेदन दिने ३७ हजार चार सय ३४ जना आवेदकले मागअनुसारको एकाइ प्राप्त गरेको जनाइएको छ । दोहोरो आवेदन दिने २२ जनाको आवेदन भने रद्द गरिएको क्यापिटलको भनाइ छ ।

सुझावित समाचार