सिराहाको लहान नगरपालिका २ स्थित लहान बजारबाट मंगलबार सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँबराबरको मिनी ट्रक र लत्ताकपडा नियन्त्रणमा लिएको छ।
भारतबाट अवैध रूपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लहान र प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वाले नियन्त्रणमा लिएको हो।
गस्तीमा रहेको सशस्त्र प्रहरीले प्र. २–०१ ००१ ख ०२९८ नम्बरको मिनी ट्रक रोकी जाँच गर्न खोज्दा ट्रकचालक ट्रक रोक्नेबित्तिकै फरार भएका थिए।
नियन्त्रणमा लिइएको ट्रक र लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ। एक सातामा सशस्त्रले तस्करीका पाँच ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागमा बुझाएको छ।