तस्बिरमा उपत्यकाको नेवारी संस्कृति

शनिबार, २५ चैत, २०७९
डिजिटल संस्करण

नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका रवरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् ।  वागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् । नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । 

काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य,गीतसङ्गीत, खानपान, जात्रा लगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधकपनि हुन् । त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्व र पहिचान छ। नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् ।

 विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भुमिकाखेल्ने गर्छ नेवारी समुदायले । तर यसो भन्दैगर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ ।काठमाडौं उपत्यकाका नेवार जातिका रहनसहन र परिवेशका केहि तस्बिर :

तस्बिर : न्युज एजेन्सी   

सुझावित समाचार