लगातार ओरालो लागेको सेयर बजार आज बुधबार सामान्य अंकले बढेको छ। आज ८.३९ अंकले उकालो लाग्दा नेप्से १८७५.०७ सात विन्दुमा पुगेको छ। आज उत्पादन र निर्जीवन बिमाबाहेक अरू समूहका सेयर सामान्य रूपमा बढेका छन्।
बजार सामान्य बढे पनि खुम्चिएको कारोबार रकममा भने सुधार आएको छैन । आज दुई सय ६२ वटा कम्पनीका २६ लाख दुई हजार कित्ता सेयर किनबेच हुँदा ८१ करोड ६० लाख रुपैयाँबराबर कारोबार भएको छ।
आज कालिञ्चोक दर्शन लिमिटेड र लक्ष्मी लघुवित्तको सबैभन्दा धेरै प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावरको सेयर साढे चार प्रतिशतले ओरालो लागेको छ।