धर्मका प्रकार फरक छन्, लक्ष्य एउटै हो : उपराष्ट्रपति यादव

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहितायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन्। 

मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै भएको बताउँदै उनले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे। 

उनले भने, ‘नेपालमा जैन धर्मावलम्बीहरू प्रायः नेपालको सबै ठाउँमा विभिन्न समुदायबीचमा मिलेर बसेका छन्। जहाँ रहे पनि भगवान् महावीरका उत्कृष्ट सिद्धान्तहरूलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न सफल छन्, अहिंसा, शान्ति, एकान्तवाद, नैतिकता, सत्चरित्रता, एवं जैन धर्मका महत्वपूर्ण पक्षलाई जनजनमा लैजान संगठनको ठूलो भूमिका हुन्छ। भगवान् महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आज पनि उत्तिकै सान्दर्भिक छन्।’ 
 

सुझावित समाचार