यस्ता फूलले सजाउनुस् घर

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

सहरी क्षेत्रमा बगैँचा बनाउनका लागि सबैसँग पर्याप्त मात्रामा स्पेस नहुन सक्छ । त्यसैले घरको छत, बार्दली वा प्रवेशद्वारमा फूल रोप्ने क्रम बढेको छ । यसरी बगैँचा बनाउँदा घर पनि आकर्षक देखिन्छ र प्राकृतिक माहोल पनि बन्छ । 

प्रवेशद्वार : घरको बगैँचामा तपाईंले चमेलीको फूल रोप्न सक्नुहुन्छ । अरब चमेली, सेतो चमेली, वन चमेली, शीतकालीन चमेली, स्पेनिस चमेलीलगायत विभिन्न प्रजाति र रङमा चमेलीका फूल पाइन्छन् । यो फूल वसन्त ऋतुको आगमनदेखि शरद ऋतुसम्म फुल्छ । यो निकै आकर्षक र बासनादार पनि हुन्छ । त्यसैले अतिथिको स्वागतका लागि यसलाई घरको प्रवेशद्वारमा पनि रोप्ने चलन छ । आवश्यक तापक्रम मेन्टेन गरेर यसलाई घरभित्र पनि रोप्न सकिन्छ । 

बार्दली : घरको बार्दली वा छतमा तपाईंले हिबिस्कस रोप्न सक्नुहुन्छ । यो फूल वर्षमा नौ महिना फुल्छ । त्यस्तै, दुई महिना पात झरेर फ्लावरिङ साइजमा आउँछ । बार्दलीमा निल ज्याक, क्यामेलिया रोजलगायत पनि रोप्न सकिन्छ । क्यामेलिया रोजमा काँडा हुँदैन । यो एभरग्रिन प्लान्ट हो । 

बैठक कोठा : एरिका पाम कोठाभित्र रोप्नु राम्रो हुन्छ । यसले हावा शुद्धीकरण गर्छ । कोठाभित्र फिडेल पिग, रबर प्लान्ट, मनीप्लान्ट ब्याम्बो प्लाम, स्नेक प्लान्ट, स्पाइडर प्लान्ट, पोथोस, स्टारफिसलगायत बिरुवा रोप्न सकिन्छ । 

सुझावित समाचार