पूर्वसहायक कानुनमन्त्री एवं संस्कृतिविद् दीनबन्धु अर्यालको प्रमुख आतिथ्यतामा ‘हामी मानवता बचाऊँ’ संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका विशिष्ट सल्लाहकार एवं समाजसेवी यमलाल खनालको स्वागत मन्तव्यपश्चात् प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरेपछि कार्यक्रमको औपचारिक सुरुवात गरिएकाे थियाे। कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष दिनेशराज सुवेदीले संस्थाका उद्देश्य र स्थापनाकालदेखि अहिलेसम्म संस्थाद्वारा गरिएको सामाजिक मानवीय कार्यहरूको बारेमा प्रस्ट पारेका थिए।
कार्यक्रममा अतिथिको रूपमा कोटेश्वर समाज सुधार युवा क्लबका अध्यक्ष सुवास रिमाल, सामुदायिक समाज एवं विकास केन्द्रका महासचिव रवीन्द्र थापा, सामुदायिक प्रहरी सेवा केन्द्र महादेवस्थानकी सहायक कार्यालय प्रमुख सन्तोषी खड्का, आत्मज्ञान प्रचारप्रसार कोटेश्वर उपशाखाको प्रचार सहायक तारा तन्डुकार, एनआरएन केशव खनाललगायत विभिन्न समाजसेवीहरूको उपस्थिति थियो।
संस्थाका संरक्षक श्रीराम लम्सालले संस्थामा आबद्ध आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्रमुख अतिथि र अतिथिहरूलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।