घुस लिएको आरोपमा नापी कार्यालय मनमैँजुका सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ

मंगलबार, १४ चैत, २०७९
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा नापी कार्यालय मनमैँजुबाट दुईजनालाई पक्राउ गरेको छ। आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले लेखापढी व्यवसायी र सर्भेक्षकलाई पक्राउ गरेको हो।

मुक्तिनाथ कानुनी सेवाका लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटी कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस लिएको आरोपमा पक्राउ परेका अख्तियारले जनाएको छ। उपरकोटी आफ्नै कार्यकक्षबाट र कार्की १ लाख ७५ हजारसहित लेखापढी कार्यालयबाट पक्राउ परेका हुन्।

सुझावित समाचार