गुलाफको फूललाई प्रेम, स्नेह र सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले प्रेम अभिव्यक्त गर्नका लागि मानिसहरू एकअर्कालाई गुलाफ दिन्छन् । अलग–अलग रङका गुलाफले अलग अर्थ दिन्छ । जस्तो, पहेँलो गुलाफले मित्रता, सेतो गुलाफले सम्बन्धको सुरुवात, रातो गुलाफले प्रगाढ प्रेमको संकेत गर्छन् ।
गुलाफलाई नर्सरीबाट निकाल्नासाथ तत्कालै घरमा ल्याएर गमलामा सार्नुपर्छ । यसलाई साँझको समयमा गमलामा सार्नु राम्रो मानिन्छ । १५ देखि २८ डिग्री सेल्सियस तापक्रम गुलाफ हुर्कनका लागि उपयुक्त हो । यद्यपि, १५ डिग्री सेल्सियसभन्दा कम तापमानमा पनि केही किसिमका गुलाफ हुर्कन्छन् । गुलाफको बिरुवामा रासायनिक मल नभएर जैविक मल प्रयोग गर्नुपर्छ । उमालेको चियाको पत्ता गुलाफ रोपिएको गमलामा हाल्न सकिन्छ । यसले गुलाफलाई हुर्कन मद्दत गर्छ ।
प्रयोग : गुलाफको प्रयोग सौन्दर्य सामग्रीमा अत्यधिक हुने गरेको छ । यसले छालासम्बन्धी धेरै रोगको निराकरण गर्छ, छालालाई चम्किलो र मुलायम राख्छ । विभिन्न पफ्र्युम बनाउन यसको प्रयोग हुन्छ । आयुर्वेदमा गुलाफको प्रयोगमार्फत धेरै रोगको उपचार गर्न सकिने उल्लेख छ । यसमा भिटामिन सीको मात्रा पर्याप्त हुन्छ । त्यसैले गुलाफको फूल खाँदा शरीरमा भिटामिन सीको कमी हुँदैन । जोर्नी र हड्डी दुखाइबाट राहत मिल्छ ।