राष्ट्रपतिबाट चियापान आयोजना, संघीय र प्रदेशका सांसदलाई निम्तो

शुक्रबार, ३ चैत, २०७९
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय र प्रदेश सभा सदस्यहरूलाई चियापानको निम्तो दिएका छन् ।

आफूलाई राष्ट्रपतिमा निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान नौ बजेका लागि सांसदहरूलाई चियापनमा बोलाएका हुन् ।

राष्ट्रपतिले सांसदहरूसँगै प्रमुख दलका प्रमुख नेताहरूलाई पनि चियापानमा आमन्त्रण गरेका छन् । 

सुझावित समाचार