३ प्रश्न

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

सरकारले रासायनिक मलको अनुदान रकम घटाएपछि किसानबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
घन्टौँ लाइनमा बसेर पनि मल नपाउने अवस्था भोगेका किसान मलमा दिइँदै आएको अनुदान रकम घट्दा निकै निराश बनेका छन् । यसरी अनुदान घट्दैमा अबका दिनमा मल पाउने ग्यारेन्टी के छ भनेर उनीहरू प्रश्न गरिरहेका छन् । मलमा बिचौलिया हाबी भइरहेको अवस्थामा मूल्य झनै बढ्दा किसान अब कसरी बाली लगाउने भन्ने चिन्तामा देखिन्छन् । यसबाट देशको समग्र कृषि उत्पादनमै नकारात्मक प्रभाव पर्छ ।

आगामी दिनमा यो अनुदान कटौतीको प्रभाव कस्तो देखिएला ?
आगामी दिनमा यसको समग्र प्रभाव अर्थतन्त्रमै देखिने निश्चित छ । मलको मूल्य बढ्नु भनेको किसानको लागत बढ्नु हो । कृषिजन्य उत्पादनको मूल्य अहिलेको तुलनामा अत्यधिक बढ्ने प्रस्ट संकेत अहिले नै देखिएको छ । बढिरहेको बजार मूल्यमा यसले झनै मलजल गरेको छ । यसमा सरकारले अहिलेदेखि नै ध्यान दिन आवश्यक छ ।

सरकारले के गर्न सकेको भए उपयुक्त हुन्थ्यो ?
सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनेर बताइरहँदा किसानको हित हुनेगरी काम गर्नुपर्ने जिम्मेवारी धेरै थियो । किसान प्रोत्साहन कार्यक्रम ल्याउने तथा अनुदानमा अझ योगदान गर्नुपर्ने अवस्था थियो । किसान पेन्सन योजना, किसान वर्गीकरण जस्ता महत्वपूर्ण काम छाडेर किसानलाई झनै निरुत्साहित बनाउने काम भयो । ढिलाचाँडो सरकारले अहिलेको निर्णय सच्याउनुको विकल्प छैन ।
 

सुझावित समाचार