स्नेक प्लान्ट्सका पाँच फाइदा

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

कोठाभित्रै रोप्न सकिने भएकाले स्नेक प्लान्ट्स धेरैलाई मन पर्छ । यसले कोठाको सजावट गर्ने मात्रै नभएर मानिसको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । पाँच फाइदा यस्ता छन् :

 हावा शुद्धीकरण :  बेन्जिन, फमाल्डाहाइड, ट्राइक्लोरिथिनलगायत टक्सिनहरू क्लिनिङ प्रडक्ट, पेन्टिङ कार्पेटलगायतमा भेटिन सक्छन् । यसले टाउको दुख्नेलगायत समस्या निम्त्याउन सक्छ । स्नेक प्लान्ट्सले यस्ता टक्सिनलाई हटाएर हावालाई शुद्ध राख्छ । 

राम्रो निद्रा :  स्नेक प्लान्ट्सले पर्याप्त अक्सिजन प्रवाह गर्छ । जसकारण बेडरुममा यसलाई राख्दा राम्रो निद्रा पर्छ ।  मानिसलाई आराम महसुस गराउन सहयोग गर्छ । 

उत्पादकत्व वृद्धि :  कोठामा स्नेक प्लान्ट्स वा कुनै पनि इन्डोर प्लान्ट्स राख्दा मानिसको ध्यानशक्तिमा सुधार भएर जान्छ । अक्सिजनको पर्याप्त प्रवाहले तनाव कम हुन्छ । त्यही कारण घरमा तपाईंले आफ्नो काम गर्ने कोठा वा कार्यालयमा यसलाई राख्नु राम्रो हुन्छ । 

सजिलो :  यसलाई स्याहार गर्न त्यति गाह्रो छैन । माटो सुक्खा भइसकेपछि पानी हालिदिए पुग्छ । यसलाई धेरै काटछाँट गर्न पनि जरुरी छैन, ओइलाएर सुक्खा भएका पातलाई तपाईं आफैँले निकाल्दा हुन्छ । अप्रत्यक्ष घाम वा चम्किलो कृत्रिम प्रकाशमा पनि यो हुर्कन सक्छ । त्यसैले कोठामा रोप्नका लागि यो निकै राम्रो विकल्प हो ।

सौन्दर्य : यसका अग्ला पातहरू निकै सुन्दर देखिन्छन् । यसले जुनसुकै कोठामा पनि सुन्दरता थप्छ । विभिन्न आकार र रङमा आउने भएकाले पनि कोठा सजाउनका लागि यो निकै राम्रो हुन्छ । 

सुझावित समाचार