अन्तिम नामावली प्रकाशन, चारैजनाको उम्मेदवारी कायम

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको छ। 

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र प्रमिला कुमारी, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको मनाेनयन दर्ता भएको थियो। 

आज निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेकाे अन्तिम नामावलीमा उनीहरू चारैजनाकाे उम्मेदवारी कायम रहेकाे छ। 

सुझावित समाचार