जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने गठबन्धनमा सहमति भएको दाबी गरेको छ।
‘हामीलाई उपराष्ट्रपति दिने विषयमा कांग्रेस, माओवादी, नेकपा एससँग भद्र सहमति भएको हो। हामीले त्यहीँअनुसार हिजो उम्मेदवारको टुंगो लगाएका हौँ’, प्रवक्ता सुमनले भने।
तर, कांग्रेस उपसभापति पूर्णबहादुरखड्काले जसपालाई उपराष्ट्रपति दिने सहमति भएको छैन भन्ने अभिव्यक्तिप्रति पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘यो सहमति चार दलको शीर्ष नेताहरूबीच भएको हो । पूर्णबहादुरजीलाई जानकारी नहुन सक्छ।’