आइसिसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम शृंखलाअन्तर्गत अहिले नेपाल र पपुवा न्युगिनीबीच खेल चलिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेखसँग शतकीय साझेदारी गरेपछि कुशल भुर्तेल आउट भएका छन् । १८औँ ओभरको चौथो बलमा पपुवा न्युगिनीका हेकुरेले उनलाई आउट गराए ।
५६ बलको सामना गरेका कुशलले ६ चौकाको मद्दतमा ४५ रन बनाए । यसक्रममा उनले दुईपटक जीवनदान पाएका थिए । तर, ती अवसरलाई उनले ठूलो स्कोरमा बदल्न चुके । अहिले क्रिजमा कुशल मल्ल आएका छन् ।
त्यसअघि आसिफ र कुशलबीच १७ भित्र शतकीय साझेदारी गरेका थिए ।