महिलाको माग– समानता होइन, समता [फोटोफिचर]

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला अधिकारकर्मीहरूले विविध कार्यक्रमसहित र्‍याली निकालेका छन् । महिलामाथि हुने सम्पूर्ण विभेद र हिंसा अन्त्य गर्न माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको हो ।

संयुक्त महिला संघ संघर्ष समितिको आयोजनामा भएको र्‍यालीमा सहभागीहरूले पितृसत्ताको विरोध गर्दै समतामूलक समाज निर्माणमा जोड दिएका छन् । उनीहरूले ‘छोरीलाई बाँच्न देऊ’, ‘महिलाको वस्तुकरण बन्द गरौँ’, ‘समानता होइन, समता भन’, ‘ब्राह्मणवादी पितृसत्ता मुर्दावाद’, ‘मेरो हरेक कदममा प्रश्न गर्ने को हो तिमी ?’ लगायतका नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरेका थिए ।

सुझावित समाचार