सन् १९७१ : शेख मजिबुर रहमानले दिएको एक ऐतिहासिक भाषणले तत्कालीन पूर्वी पाकिस्तानमा स्वतन्त्रता युद्धको सुरुवात । पूर्वी र पश्चिम पाकिस्तानबीच तनाव चुलिँदै गएको अवस्थामा रहमानको भाषणले स्वतन्त्रता संग्रामको झिल्कोको काम गरेको थियो र बंगलादेश एक स्वतन्त्र मुलुक बनेको थियो ।
सन् १९२६ : पहिलो दुईतर्फी ट्रान्सएट्लान्टिक (एट्लान्टिक सागर आरपार) टोलिफोन सम्पर्क स्थापित । लन्डनस्थित पोस्ट अफिस र न्युयोर्कस्थित बेल ल्याबरोटरीबीच सर्टवेभ रेडियो संकेतका माध्यमबाट टेलिफोन सम्पर्क स्थापित भएको थियो ।
सन् १५३० : बेलायतका राजा हेनरी तेह्राँैले गरेको सम्बन्धविच्छेदको आग्रह पोपद्वारा अस्वीकार ।
सन् १८७६ : ग्राहम बेललाई अमेरिकामा टेलिफोनको पेटेन्ट प्रदान ।
सन् १९१२ : रोअल्ड एमुन्डसनले आफूले दक्षिणी धु्रव पत्ता लगाएको घोषणा गरे ।
सन् १९३६ : एडोल्फ हिटलरले राइनल्यान्डमा सेना पठाएर भर्साइल्सको सन्धि तोडे ।