ओठको स्याहार कसरी गर्ने ?

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

अनुहारको स्याहारसँगसँगै ओठको सौन्दर्य कायम राख्नमा पनि हामीले ध्यान दिन जरुरी छ । ओठ फुट्नबाट बच्नका लागि यसलाई सुक्खा हुन नदिनुस् । पेट्रोलियम जेली लगाउनुस् । 

पानी प्रशस्तै पिउनुस् । तपाईंले ताजा र शुद्ध घ्यु पनि लगाउन सक्नुहुन्छ । यसले ओठलाई गुलाबी बनाउँछ र कालोपन टाढा राख्छ । क्रिम पनि प्रयोग गर्न सक्नुहुन्छ । रगड्नुस् । मह र चिनी मिक्स गरेर ओठमा लगाउनुस् र मसाज गर्नुस् । सीधै महले मसाज गर्दा पनि सुक्खापन हट्छ । 

-एलोभेरा जेलमा थोरै मह मिलाएर ओठमा मसाज गर्नुस् । १० मिनेटपछि धुनुस् । 
-लिपस्टिक लगाउनुअघि लिप बाम लगाउनुस् । गुणस्तरीय लिपस्टिक मात्रै प्रयोग गर्नुस् । 
-सुत्नुअघि लिप मेकअप निकालेर सुत्नुस् । 
-ग्लिसिरिनको आधा बोतलमा दुईवटा कागती मिसाएर राख्नुस् । यसलाई दिनमा धेरैपटक ओठमा लगाउनुस् । 
-गुलाफको थोरै पत्तालाई थोरै दूधमा रातभर भिजाएर राख्नुस् । बिहान यसको पेस्ट तयार गरेर ओठमा लगाउनुस् । १०–१५ मिनेट राखेपछि धुनुस् । 

See More On

सुझावित समाचार