नेपाल फर्मास्युटिकल्स एसोसिएसनको अध्यक्षमा ललितमोहन, महासचिवमा सञ्जीव निर्वाचित

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल फर्मास्युटिकल्स एसाेसिएसन (एनपिए)को अध्यक्षमा ललितमोहन पन्त र महासचिवमा सञ्जीव शर्मा कट्टेल निर्वाचित भएका छन्।  

२३औँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा अध्यक्षमा ललितमोहन पन्त व्यवसायी डा. रोभसकुसुम सुवेदीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यस्तै, उपाध्यक्षमा अमृत गौरो र देवानन्द साह र महिला उपाध्यक्षमा संगीता विष्ट निर्वाचित भएका छन्। यसबाहेक, सचिवमा केदारप्रसाद साह र विवेक श्रेष्ठ र कोषाध्यक्षमा गोपिना राई, सहकोषाध्यक्षमा निर्मलराज मरासैनी र प्रचारसचिव पदमा अनिश श्रेष्ठ, सदस्य खुलामा सृष्टि प्रजापति, मनोज भट्टराई निर्वाचित र महिला सदस्यमा शौभाग्य डंगोल निर्वाचित भएका छन्।

शनिबार नयाँ बानेश्वरमा भएको निर्वाचनमा १८ सय कुल मतदातामध्ये नाै सय ९२ मत मात्र खसेको थियो। शनिबारदेखि सुरु भएको निर्वाचनको मतगणना आइतबार बिहान सकिएको हो। 

सुझावित समाचार