इतिहासमा आज

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

सन् १९६० : अल्बेर्टाे कोर्डाले क्रान्तिकारी चे ग्वेभेराको चर्चित तस्बिर खिचेको दिन । गुयरिलेरो हिरोईको नाम दिइएको यो तस्बिर ला क्युब्रे विस्फोटनका पीडितहरूको सम्झनामा आयोजित स्मृतिसभामा खिचिएको थियो ।

सन् १९७० : आणविक अप्रसार सन्धि लागू । यो सन्धिको पहलकदमी अणविक शक्ति सम्पन्न मुलुक चीन, रुस, बेलायत, अमेरिका र फ्रान्सले सन् १९६८ बाट लिएका थिए । यो सन्धिलाई अहिलेसम्म विश्वका एक सय ९० मुलुकले अनुमोदन गरिसकेका छन् ।

सन् १९५६ : अमेरिकाको सर्वाेच्च अदालतले सरकारी विद्यालय, कलेज र विश्वविद्यालयमा जातीय विभेदमाथि प्रतिबन्ध लगायो । 

सन् १६१६ : निकोलस कोपर्निकसको क्रान्तिकारी पुस्तक ‘डी रिभोलुसनिबस ओरबिअम क्वयलेस्टिअम’लाई क्याथोलिक चर्चले प्रतिबन्ध लगायो । यो पुस्तकमा कोपर्निकसले पृथ्वीले सूर्यको परिक्रमा गर्ने दाबी गरेका थिए । चर्च पृथ्वी केन्द्रित मण्डलको धारणा राख्थ्यो । 

सन् १०६४ : फारसी विद्वान् नासेर खुस्रोबाट मध्यपूर्वको सातवर्षे यात्रा सुरुवात । यस यात्राबारे उनले आफ्नो पुस्तक सफरनामामा वर्णन गरेका छन् ।

सुझावित समाचार