पिएनजीविरुद्ध दीपेन्द्रले लिए दुई विकेट

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पिएनजी)ले सातौँ विकेट गुमाएको छ। 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरिरहेको पिएनजीले ४३ ओभरमा १५६ रन बनाउँदै सातौँ विकेट गुमाएको हो। 

नेपालका दीपेन्द्रसिंह ऐरीले पिएनजीका हिरी हिरीलाई आउट गर्दै नेपाललाई अर्को सफलता दिलाए। उनले ४२ ओभरमा पिएनजीका एच हिरीलाई रनआउट गरेका थिए। ताजा अवस्थामा पिएनजीले ४५ ओभर खेल्दै सात विकेटको क्षतिमा १५७ रन बनाएको छ। 
 

सुझावित समाचार