आयुर्वेदका लागि नेपाल उचित गन्तव्यस्थल : प्रधानमन्त्री

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्। 

शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए। 

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रूपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरू परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए। 

उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायतका अति महत्वपूर्ण वनस्पतिहरू पाइने उल्लेख गरे। 

उनले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरू जोगाइराख्नुपर्ने आवश्यकता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए।

सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरू गरिरहेको बताए। 

सुझावित समाचार