ल्यापटप किन्दा के–केमा ध्यान दिने ?

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

- कार्यालय वा घरैमा एकै स्थानमा धेरै समय बसेर काम गर्नु छ भने ठूलो साइजको ल्यापटप उपयुक्त हुन्छ । यदि ल्यापटप बोकेर घर र अफिस गरिराख्नुपर्छ भने १४ इन्चको स्क्रिन भएको ल्यापटप लिँदा बोक्न सजिलो हुन्छ । 

- आजभोलि स्क्रिन टचवाला ल्यापटप पनि बजारमा आएको छ । यसको स्क्रिनले फाल्ने रिफ्लेक्सनले आँखालाई असर गर्न सक्छ । त्यसैले धेरै बेर स्क्रिनमा बस्नुहुन्छ भने टच स्क्रिन ल्यापटप नकिन्दा नै राम्रो हुन्छ ।

- व्यापारिक प्रयोजनका लागि काम गर्नु छ वा ठूलो काम गर्नुपर्ने छ भने बिजनेस सिरिजको ल्यापटप लिँदा राम्रो हुन्छ । 

- प्रोसेसर र र्यामले ल्यापटपको स्पिड निर्धारण गर्ने हुनाले यसबारे ध्यान दिनुपर्छ ।  सामान्य कामका लागि चार जिबी क्षमताको र्याम भए पुग्छ । आवश्यकताअनुसार र्याम बढाउन सकिन्छ । 

- ल्यापटप खरिद गर्दा कम्पनीले दिने वारेन्टीका विषयमा ध्यान दिनुपर्छ । कहिलकाहीँ राम्रै ब्रान्ड भए पनि चाँडै बिग्रन सक्छ ।

See More On

सुझावित समाचार