हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

हात्तीको आक्रमणबाट बारामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टागियाबस्तीका ४५ वर्षीय गापाङ दर्लामीमगर छन् ।

जितपुरसिमरा– १६ टागियाबस्ती गुम्बानजिकै जंगली हात्तीको आक्रमणबाट दर्लामीको घटनास्थलमै मृत्यु भएको हो । हात्तीको बथानबाट छुट्टिएर हिँडेको एक्लो हात्तीले पटक–पटक आक्रमण गर्दै आइरहेको छ ।

घरनजिकैको जंगलमा गाईवस्तुका लागि सोत्तर पतकर लिन गएका वेला दर्लामी आक्रमणमा परेको निजगढ इलाका प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए । 

बारामा केही दिनअघि मात्र जितपुरसिमरा उपमहानगरपालिका २१ अम्मेखगन्जकी ५१ वर्षीया रुकैदा खातुनको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

सुझावित समाचार