साडीका चलेका ब्रान्ड

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

ढाका : ढाका हाम्रो मौलिक ब्रान्ड हो । विवाह र विभिन्न महोत्सवमा यो साडीको माग उच्च हुने गर्छ । त्यस्तै, सिफन, जर्जेटलगायत साडीमा ढाकाको बोर्डर प्रिन्ट गरेर लगाउनेको संख्या पनि ठूलो छ । 

बनारसी : हाम्रो कल्चरअनुसार यो विवाहमा धेरै लगाइन्छ । त्यस्तै, परम्परागत समारोह तथा चाडपर्वमा पनि यसको अत्यधिक माग हुने गरेको छ । कुमारीले पनि यस्तै खालको कपडा लगाउँछन् । यो हाम्रो कल्चरजस्तै भइसक्यो । 

जर्जेट : यो खस्रो हुन्छ । ह्यान्डवर्क गर्नका लागि यो राम्रो र पारदर्शी हुन्छ । हाम्रो समाजमा यसको प्रयोग पनि अत्यधिक छ । 

प्याट्रन सिल्क : यो साइनिङ दिने र टल्किने कपडा हो । मानिसको ध्यान सजिलै आकर्षित गर्ने भएकाले यो साडी पनि धेरैले लगाउँछन् । 

See More On

सुझावित समाचार