‘यो देश छोरीहरूको कहिले हुने ?’

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

पूर्णविक्रम शाहको सफाइ र सन्दीप लामिछानेलाई क्रिकेट खेलाएको विरोधमा अधिकारकर्मीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

बालयौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो भने बालिका बलात्कारको अभियोग लागेका लामिछानेले काठमाडौंमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–टू खेलेका थिए।

अदालत पितृसत्ताबाट ग्रसित भएको भन्दै महिला अधिकारकर्मीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘यो देश छोरीहरूको कहिले हुने?’ भन्दै प्रश्न गरेका छन्।

सुझावित समाचार