ठाकुरराम क्याम्पसमा खानेपानी धारा निर्माणमा सहयोग

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसलाई खानेपानीको धारा निर्माणमा सहयोग गरेका छन् ।

गाउँपालिका अध्यक्ष यादवले क्याम्पसमै पुगेर क्याम्पस प्रमुख डा. उमेश कुशवाहालाई धारा निर्माणाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । विगत लामो समयदेखि क्याम्पसको छात्रावासमा खानेपानी धाराको अभाव रहेको थियो ।

यादवले क्याम्पसमा आर्थिक वर्ष ०७९/८० को बजेटबाट क्रिकेट मैदान निर्माण गर्न पाँच लाख रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सुझावित समाचार