यस्तो ड्रेसअपले देखाउँछ पार्टीमा स्लिम

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

पहिरनले मानिसको व्यक्तित्व झल्काउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कतिपयलाई महँगो लगाउँदा व्यक्तित्व कायम राख्छ भन्ने भ्रम पनि हुन्छ । जुन कपडा लगाए पनि त्यसले तपाईंलाई कस्तो देखाउँछ, त्यो बढी महत्वपूर्ण हुन्छ । कपडा सस्तो भए पनि शरीरसुहाउँदो हुनुपर्छ, त्यसले तपाईंको व्यक्तित्वमा थप निखार ल्याउँछ ।

  • कालो तथा कुनै गाढा रङको कपडाले शरीरलाई स्लिम देखाउँछ । त्यसैले पार्टीमा जाँदा मोटो शरीर भएका धेरैले कालो रङको पहिरन लगाउने गर्छन् ।
  • विवाह पार्टी वा औपचारिक कार्यक्रममा जाँदा प्रयोग गरिने पहिरनको बुट्टा ठूलो प्रिन्ट भएको हुनुहुँदैन । त्यसले तपाईंको शरीरलाई झन् भद्दा देखाउँछ । 
  • कम्मर पातलो देखिनका लागि सकेसम्म ‘अफ द टप ड्रेस’ लगाउनु राम्रो हुन्छ ।
  • कतिपयले शरीर मोटो छ भनेर पूरै ढाक्ने पहिरन लगाएको देखिन्छ । शरीर पूरै ढाक्ने पहिरन लगाउनु हुँदैन । त्यसले तपाईंलाई झन् भद्दा देखाउँछ । 
  • पार्टीमा जाँदा सकेसम्म तलदेखि माथिसम्मको ड्रेसअप उस्तै रङको लगाउँदा राम्रो हुन्छ । 
  • तपाईंले गाउन लगाउँदै हुनुहुन्छ भने कम्मर र चेस्टको भागलाई फिटिङ गर्दा राम्रो हुन्छ ।
  • जर्जेट, सिफनको साडी छनोट गर्दा राम्रो हुन्छ । 
  • पहिरनको लुक्स पर्फेक्ट देखाउन तथा सजिलो बनाउन अन्डर गार्मेन्टको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले सही साइजका कपडा छनोट गर्नु अनिवार्य हुन्छ ।
  • हेयर स्टाइल, जुत्ता वा हिलमा ख्याल गर्नुपर्ने हुन्छ । 
  • फ्याट स्यान्डल लगाउँदा होचो देखिनुका साथै केही मोटो पनि देखिन्छ । त्यसैले हाई हिल नलगाएर प्लेटफर्म हिल लगाउँदा राम्रो हुन्छ ।
  • धेरै हेभी गहना लगाउनुभन्दा पनि घाँटीमा ज्वेलरी र कानमा एयररिङ मिलाएर लगाउँदा हुन्छ ।
See More On

सुझावित समाचार