ओलीकाे दाबी- पछिल्लो घटनाक्रम थाहा छैन, राष्ट्रपति एमालेकै हुन्छ

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गरे। उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताए।

प्रतिनिधिसभाको बैठकअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको बैठक बसेको थियो। 
 

सुझावित समाचार