तत्कालीन पाँचदलीय गठबन्धनको बैठक स्थगित

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

आसन्न राष्ट्रपति निर्वाचनको विषयमा निर्णायक छलफल गर्न बस्ने भनिएको तत्कालीन पाँचदलीय गठबन्धनको बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच विभिन्न समयमा भएको अनौपचारिक छलफलले आज साँझका लागि बैठक राखेको थियो । 

तर, आवश्यक तयारी नपुगेकाले बैठक बस्न नसकेको नेताहरूले बताएका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले आजको बैठक भोलि प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने जानकारी दिए । 

सुझावित समाचार