- ट्याटु खोप्नुअघि आफ्नो स्वास्थ्य जाँच गर्नु आवश्यक छ । शारीरिक रूपमा अशक्त तथा सुगर, ब्लडप्रेसरजस्ता समस्या भएको अवस्थामा ट्याटु खोप्नु उचित हुँदैन । सुगर भएका व्यक्तिले ट्याटु खोपाउँदा निको नहुने खतरा हुन्छ । त्यसैले तपाईंको शरीरमा सुगर ब्यालेन्समा छ भने मात्रै खोप्दा हुन्छ ।
- ब्लडप्रेसरको समस्या भएका व्यक्ति फेन्ट हुन सक्ने खतरा हुन्छ । त्यसैले यस्तो समस्या भएका व्यक्तिले ट्याटु नखोप्दा हुन्छ ।
- जहाँ ट्याटु खोप्दै हुनुहुन्छ, त्यहाँका आर्टिस्टले काम गर्ने तरिका, औजारको सरसफाइलगायत विषयमा पहिल्यै विचार पुर्याउनुपर्छ । उसले प्रयोग गर्ने औजार कस्तो छ, त्यसको निर्मलीकरण कसरी गरिएको छ भन्नेबारे बुझ्नुपर्छ । यस्ता विषयमा ख्याल गरिएन भने शरीरमा विभिन्न संक्रमण हुन सक्छ । ट्याटु खोप्ने मेसिनलगायतका औजार सेनिटाइज गर्नुपर्छ ।
- कतिपयले इंक प्रिन्ट र फ्याब्रिक कलर प्रयोग गरेको पाइन्छ । ट्याटुका लागि त्यस्तो इंक प्रयोग गर्नुहुँदैन । यसले शरीरमा क्यान्सरलगायत गम्भीर रोगको संक्रमण हुने खतरा पनि हुन्छ ।
- ट्याटु खोपेको ७–१० दिनसम्म घाउ आलै हुन्छ । यो अवधिमा एकदमै सचेत हुनुपर्छ । यस अवस्थामा लापर्बाही गर्दा विभिन्न संक्रमण हुन सक्छ । ट्याटुको घाउ ओभानो नराख्दा तथा भिज्दा ब्याक्टेरियाले संक्रमण गर्न सक्छ । घाउमा पसिना पनि जम्न दिनुहुँदैन ।
- ट्याटुको घाउ राम्रोसँग ठीक नभएसम्म घामबाट जोगाउनुपर्छ । घामको अल्ट्राभाइलेट रे ट्याटुमा परिरह्यो भने नकारात्मक असर निम्त्याउँछ । घाउ निको भएपछि ट्याटुमा सनब्लक क्रिम लगाएर घामको असरबाट जोगाउन सकिन्छ । तर, जथाभावी लोसन प्रयोग गर्नु भने खतरापूर्ण हुन्छ ।
- ट्याटुको घाउ सफा गर्नुपरेमा एन्टिब्याक्टेरियल साबुन प्रयोग गर्नुपर्छ । घाउ पाक्न थालेमा छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
ट्याटु कसले नखोपाउने ?
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
३ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
३ हप्ता अघि
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
१ हप्ता अघि
बढे रुघाखोकी र ज्वरोका बिरामी
१ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …