राष्ट्रपतिको चुनावबाट सत्तागठबन्धनको भविष्य टुंगाे लाग्छ : नेपाल

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  सत्तागठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका छन्। 

पार्टीनिकट भ्रातृ संगठन अनेरास्ववियुको स्थायी कमिटीको कीर्तिपुरमा जारी दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

उनले राष्ट्रपतिको चुनावबाट यो सत्तागठबन्धनको भविष्य टुंगाे लाग्ने र त्यो एक हप्ताभित्र हुने पनि दाबी गरे।

सत्तागठबन्धनमा संविधानविरोधीदेखि संविधानका पक्षपाती सबैखाले शक्तिहरू भएका कारण उक्त गठबन्धन लामो नटिक्ने नेपालको दाबी छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटीको बैठक बसिरहेको छ। 

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियुका प्रवक्ता मिलन राईले जानकारी दिए।

सुझावित समाचार