पूर्वराजाप्रति ओलीको टिप्पणी- पुरानै धङधङी अझै बाँकी छ

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सहकार्यको प्रस्तावको कुनै औचित्य नभएको छिप्पणी गरेका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

एमालेका केन्द्रीय सदस्य  तथा झापाका अस्पताल सञ्चालक दुर्गा प्रसाईंले  हालै पूर्वराजा र परिवारबाट उद्घाटन गराएको अभियानबारे पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले ज्ञानेन्द्र शाह आफनो पुरानो आनीबानीबाट अझै मुक्त हुन नसकेको आरोप लगाए।

उनले भने, ‘दुई  सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने थाहा नपाएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी छ। उनले गणतन्त्र आएको १५ वर्षमा देश कस्तो भइसक्यो भन्ने अझै बुझ्न सकेका रहेनछन्।’  

अध्यक्ष ओलीले प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्रले दलहरूसँग सहकार्य गर्न गरेको प्रस्तावको कुनै औचित्य नभएको बताए। उनले भने, ‘शाह आफैँ अलमलमा रहेछन्। यसैले उनले गरेको प्रस्तावको कुनै अर्थ नै छैन।’  
 
 

सुझावित समाचार