नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । सिंहदरबार पुगेर राजदूत गिल्सले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
भेटमा आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।